बाँके- लागूऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागूऔषधसहित नेपाल–भारत नाका जमुनहाबाट सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश ५ नेपालगञ्जको टोलीले उनीहरुलाई विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।
प्रदेश नम्बर ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो । लागुऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको प्रहरी निरीक्षक थापाले बताए ।
कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिइएको छ
प्रकाशित मिति May 21, 2019
Loading...