पाँचथर ‘नरसंहार’ अपडेट : सबै मृतकको पहिचान खुल्यो (नामसहित)!

पाँचथर- मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति हत्या गरिएका सबै नौ जनाको पहिचान खुलेको छ। गएराती स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि विभत्स हत्या भएको थियो ।
हत्याराले ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज सेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, आठ वर्षीया मुना सेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू हत्या गरेका हुन् ।

घटनामा १२ वर्षीया बालिका सीता खजुम भागेर बाँच्न सफल भएकी छन् । हातमा चोट लागेकी उनी गम्भीर घाईते छिन् । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

दुई परिवारका नौ जनाको हत्या भएपछि आवश्यक अनुसन्धान गर्न झापाबाट डीआईजी नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ । ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले पनि डीएसपी नेतृत्वमा घटनास्थलतर्फ प्रहरी खटाएको छ । विभत्स हत्याकाण्ड भएकाले अपराधीको निगरानी र सुरक्षा व्यवस्था कडा पार्न अहिले पाँचथरमा छिमेकी जिल्लाहरुबाट समेत प्रहरी पठाईएको छ’ ।

प्रकाशित मिति May 21, 2019
Loading...