दुई दिनदेखि १२ वर्षीया बालिका बेपत्ता ,परिवारमा रुवाबासी खोजी गरिदिन अपिल सबैमा अपिल !कृपया सक्दो शेयर गर्नुस!

दाङ -:  घरबाट बजार जान्छु भनेर निस्किएकी बालिका दुई दिनदेखि एक बालिका बेपत्ता भएकी छन् । दंगीशरण गाउँपालिका–६ राजपुर निवासी जयबहादुर कुँवरकी १२ वर्षीया छोरी गरिमा कुँवर दाङको तुलसीपुरबाट शुक्रवारदेखि हराएकी हुन् ।तुलसीपुर बजार आएकी कुँवर हराएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।

शुक्रवार घरबाट तुलसीपुर बजार आएकी बालिका घर नफर्किएपछि परिवार चिन्तामा छ ।वेपत्ता बालिकाको खोजीका लागि परिवारले सबैमा अनुरोध समेत गरेको छ ।

गहुँगोरो वर्ण, अनुहार लाम्चो, कपाल छोटो, उचाई करिब ५ फिट अग्ली बालिकाले कालो तथा सेतो रंग मिसिएको टिसर्ट र जिन्स पाइन्ट लगाएकी र गोल्डेन रंगको व्याग बोकेकी बालिकाकी आमा राधा कुँवरले जानकारी दिइन् ।बालिकाका आमा राधा कंवरका अनुसार बालिका भटिएमा जो कोहीले पनि नजिकैको प्रहरी चौकी वा मोवाइल नम्बर ९८०९८–४८४८५ र ९८१०९८–७६६० मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति July 21, 2019
Loading...