धर्मशास्त्र अनुसार साताको पहिलो दिन सूर्यदेवलाई नमस्कार गर्नुस् !एक सेयर र एक लाइक गर्नु होस् मन ले चाहेको पुरा हुने छ !

काठमाडौँ -:  साताको पहिलो दिन अर्थात आइतबार सबैका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ ।

हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

ज्योतिष शास्त्रका अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमिन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र–

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।

ॐ सूर्याय नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।
अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति July 21, 2019
Loading...