झोला भरि औषधि बाेकेर डाक्टर केसी बाढी पीडित नागरिककाे उपचार गर्न रौतहट पुगे !

काठमान्डौ -: देशका विभिन्न विकट स्थानमा आफना ज्यानजोखिममा राखेर स्वास्थ्य प्रदान गर्दै आएका डाक्टर गोविन्द केसी अहिले रौतहटका बाढी प्रभावित बस्तीमा पुगेका छन् । असार २८ गते आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उपचारका लागि शुक्रबार रौतहट आएका डाक्टर केसी बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहाबाट पिडित जनताहरुको स्वास्थ्य परिक्षण आरम्भ गरेका छन् ‘।

विनाशकारी बाढीको डुवानमा रहेका इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै जाँदा रौतहट सदरमुकाम गौरमा औषधी सहित आइपुगेका डा. केसीले बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा गई विरामीहरुको स्वास्थ्य परिक्षण गरेका हुन् ।

बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका विरामीहरुको स्वास्थ्य परिक्षण गरेर निशुल्क रुपमा औषधी वितरण गरेका छन् ।’ स्थानीय स्वास्थ्यकर्मीहरुको सहायतामा बन्जरहाका विरामीहरु स्वस्फूर्त रुपमा आएर डा. केसी संग स्वास्थ्य परिक्षण गराएका छन्’ ।

बाढी आएको शुक्रवार आठौं दिन सम्म जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिबाट स्वास्थ्य परिक्षण सम्बन्धी कुनै क्याम्प संचालन नगरेको अकस्मात डा. केसी आएर परिक्षण सुरु गर्दा विरामीहरुको चाप बढेको पिडितहरु बताउछन्’ ।

स्वास्थ्य परिक्षण गर्न आएका डा. केसी संग संचारकर्मीहरु जिज्ञासा राख्दा बाढीको मार खेपिरहेका रौतहटका जनताहरुलाई केही राहत पुगोस भन्ने उद्देश्यबाट लिई आएको प्रतिक्रिया दिए । आफू नेपाली भएको र आफनै देशका जनताहरु पिडामा रहदा आफू पिडा सहेर बस्न नसक्ने भएकोले आफ्ना दाजुभाईहरुलाई केहि हद सम्म सहयोग होस भन्ने आएको उनले बताए’ ।

आफू हाडजोर्नी विशेषज्ञ भएपनि जति सक्दो सेवा सुविधा दिएर जनताहरुलाई कष्टबाट निवारण गर्ने आफनो पहिलो कर्तव्य रहेको स्पष्ट पारे ।आफू जिवित रहे सम्म नेपाली जनताहरुको कष्ट निवारण गर्ने अभियानलाई निरन्तर रुपमा लागि रहने प्रतिबद्धता जनाए |

प्रकाशित मिति July 19, 2019
Loading...