पहिले गिट्टी कुट्ने कम्यूनिष्ट हुन्थे, अहिले गिट्टी र बालुवाका ठेकेदार कम्यूनिष्ट छन्

काठमाडौ – पहिले गिट्टी कुट्ने कम्यूनिष्ट हुन्थे, अहिले बालुवा र गिट्टीका ठेकेदार कम्यूनिष्ट छन्’ नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले भने हलो जोत्ने किसान कम्यूनिष्ट हुनुपथ्यो तर यहाँ जग्गा दलालहरु कम्यूनिष्ट बनेका छन् । सिंहदरवारदेखि बालुवाटारसम्म उनीहरुकै रजगज चलेको छ ।

काठमाडौं। सर्वहारा बर्गको जीवन उत्थानको मुल उदेश्य बनाएर गठन भएका कम्यूनिष्ट पार्टी दलाल र ठेकेदारको समुह बनेको भन्दै निष्ठावान नेताहरुले आक्रोस पोख्न थालेका छन् ।

गरीव बर्गको उत्थान गर्नेभन्दै २००६ सालमा कम्यूनिष्ट पार्टी निर्माण भएको थियो । लामो संघर्षको यात्रापछि कम्यूनिष्ट पार्टी देशको सत्ता सञ्चालनमा छन् । तर सत्ताको स्वाद सर्वहाराले नभई दलाल र ठेकेदारले लिइरहेका छन् ।

‘पहिले गिट्टी कुट्ने कम्यूनिष्ट हुन्थे, अहिले बालुवा र गिट्टीका ठेकेदार कम्यूनिष्ट छन् नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले भने ‘हलो जोत्ने किसान कम्यूनिष्ट हुनुपथ्यो तर यहाँ जग्गा दलालहरु कम्यूनिष्ट बनेका छन् । सिंहदरवारदेखि बालुवाटारसम्म उनीहरुकै रजगज चलेको छ।

कम्यूनिष्टहरु संसार बदल्ने गफ दिँदै हिड्छन् ।तर सत्ता पुगेपछि दलालले नेताको चरित्र बदल्ने गरेका छन् । भूमाफियादेखि कर छलिका नाइकेहरु दिनदिन नेताको घरमा धाउने गरेको अर्का स्थायी कमिटी सदस्य घनश्याम भूसाल बताउँछन् । ‘विहान एउटा भूमाफिया आउँछ, साँझ कर छल्ने ब्यक्तिको कोसेली घरमा पुग्छ’ भूसालले भने ‘माफिया र दलालको कोसेलीले नेताहरु बदलिदिन्छ|

संसार बदल्ने कुरा लेखेर वा बोलेर मात्र नहुँने तर्क नेता ज्ञवालीले गरेका छन् ।संसार बदल्छु भन्ने कुरा लेखेर बोलेर मात्र हुँदैन, सवैभन्दा पहिले आफै बदलिनु पर्दछ’ ज्ञवालीले भने ‘आफै बदलिने क्षमता नेताबाट ह्रास भइसक्यो|

यतिबेला नेकपाको शक्तिशाली सरकार छ । तर एक बर्षसम्म सरकारको काम जनमुखि हुन सकेको छैन । कम्यूनिष्ट पार्टीका शक्तिशाली ब्यक्ति प्रधानमन्त्री बन्दा समेत लोकल्याणकारी राज्य सञ्चालन नभएपछि निष्ठावान नेताहरुले आक्रोस पोख्न थालेका हुन् । पूर्वएमाले र पूर्वमाओवादीभित्रका बैचारिक नेताहरुले संगठितरुपमा आवाज उठाउने तयारी पनि गरेका छन् ।

प्रकाशित मिति May 20, 2019
Loading...