भ्यागुताको बिहेका कारण वर्षा र बाढीको आएको भन्दै यसरी सम्बन्ध विच्छेद गराइयो !

भ्यागुत्ताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै मोरङमा भ्यागुताको सम्बन्ध विच्छेद गराइएको छ । असार २१ गते सन्सारीमाइ मन्दिरमा बिवाह गराइर्एका भ्यागुताको आइतबार सम्बन्ध विच्छेद गराइएको हो ,।

बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले लिखित रुपमै भ्यागुताको सम्बन्ध विच्छेद गराएका छन् । यस्तो गर्दा वर्षात र डुवानको समस्या कम हुने विश्वास गरिएको छ ,।

लामो समयसम्म खडेरी परेपछि स्थानीयले धार्मिक विधि अनुसार भ्यागुत्ताको विहे गराएको थियो । भ्यागुत्ताको सम्बन्ध विच्छेद गराइएको कागज अहिले सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बनेको छ, ।

 

प्रकाशित मिति July 15, 2019
Loading...