बहुमतले वडा केन्द्र तोकेपछि मुगुमा झडप, घाइतेलाई हेलिकप्‍टरबाट नेपालगञ्‍ज लगियो !

मुगु -: खत्याड गाउँपालिकाको पाँचौ गाउँसभाको बहुमतले वडा केन्द्र तोकेपछि असन्तुष्ट पक्ष र अर्को पक्षबीच झडप भएको छ। निर्णय आफनो पक्षमा नभएको भन्दै असन्तुष्ट पक्षले विरोध गरेपछि दुईपक्षबीच झडप भएको हो। झडपमा दुई जना घाइते भएका छन्।

खत्याड गाउँपालिकाको पाँचौ गाउँसभालले गाँउपालिकाको ३, ६, ७, ९ र १० वडाको वडा केन्द्र स्थापना गर्ने प्रस्ताव बहुमतबाट पास गरेको थियो। निर्णयमा असन्तोष जनाउँदै वडा नम्बर ३ रोलगाउँका युवाले गाउँपालिकाको सभा सञ्चालन भइरहेका बेला ढुङ्गामुढा गर्दा दुई पक्षबीच झडप भएको हो।

झडपमा खत्याड गाउँपालिका ७ कि ३२ वर्षीया गाउँ कार्यपालिका सदस्य उम्मकला भियाल र वडा नम्बर ४ का कार्यालय सहयोगी २८ वर्षिय गणेश थापा घाइते भएका हुन्। शनिबार पाँचौ गाउँसभाले वडा नम्बर ३, ६, ७, ९ र १० को वडा केन्द्र प्रस्तावित स्थानमा कायम गरिने बहुमतबाट निर्णय गरेको थियो। अन्य वडामा कुनै विवाद छैन। खत्याड गाउँपालिका ३ को वडा केन्द्र सोही वडाको रोलगाउँको भाडटुकुरीमा कायम गर्न स्थानीयबासीले माग गरेका छन्। तर गाउँसभाले हाल वडा कार्यालय रहेको वडा नम्बर ३ को रानकोटमा वडा केन्द्र कायम गरेको छ। रोलगाउँका केही युवाले गाउँसभा चलिरहेका बेला ढुङ्गाढाडा गर्दा दुई जना घाइते भएको गाउँपालिका उपाध्यक्ष जयनन्दा रावलले जानकारी दिइन्।

घाइते दुबैजनालाई शनिबार खत्याड गाउँपालिका ४ माथिचौरमा रहेको निजी मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि आइतबार सिम्रिक एयरको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ।घटनामा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी नायव निरीक्षकको कमान्डमा ५ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर ऐरले बताए।

गाउँसभाले हाल वडा कार्यालय रहेको वडा नम्बर ३ को रानकोटमा वडा केन्द्र कायम गरेको छ। रोलगाउँका केही युवाले गाउँसभा चलिरहेका बेला ढुङ्गाढाडा गर्दा दुई जना घाइते भएको गाउँपालिका उपाध्यक्ष जयनन्दा रावलले जानकारी दिइन्।

प्रकाशित मिति July 14, 2019
Loading...