भारतले नमान्दा नमान्दै पानीको बहाबले पुललाई नै खतरा भएपछि सप्तकोशीका ५६ वटै ढोका खोलियो

पानीको बहाबले पुललाई नै खतरा भएपछि सप्तकोशीका ५६ वटै ढोका खोलियो !

सुनसरी । पानीको बहाबले पुललाई नै खतरा भएपछि कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ। शनिबार राति साढे १० बजेपछीे भारतले सबै ढोका खुल्ला गरेको कोशी ब्यारेज स्थित प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक इश्वरी दाहालले जानकारी दिए।

आइतबार बिहान ६ बजेको मापन अनुसार पानीकोवहाव ३ लाख १६ हजार क्यूसेक पुगेको छ। पानी निरनतर परिरहेकाले कोशीको शनिबार जलस्तर बढ्दोक्रममा रहेपनि आइतबार बिहानै देखी घट्ने क्रममा रहेको दाहालले बताए।

भारतीय पक्षले ५६ वटै ढोका खोलेको यो पहिलो पटक भएको बताइएको छ। पानीको बहाब उच्च भएपछि शनिबार राति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको हो। पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खोलेको सुनसरी प्रहरीले जनाएको छ। सप्तकोशीमा पानीको बहाब खतराको चरणमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति July 14, 2019
Loading...