२५ फिट अग्लाे दशगजाको बाँध फुट्यो, बाँध फुटेपछि भारतमा भागदौड मच्चियो !

रौतहट -: रौतहटको सिमानामा भारतले बाँधेको बाँध बाढीले भत्किएको छ । ‘बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ । बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफै भत्किएको हाे’।

लाल बकैया र बागमती नदीको पानीले भारत मै ठूलो असर देखाउने अनुमान गरिएकाे छ। दुई दिन देखि थुनिएको पानी खुलेपछि भारतीय नागरिक त्रसित देखिएका छन् । ‘उनीहरू सुरक्षित स्थानमा जान थालेका छन्। अब गौरमा थुनिएको पानीको सतह घटदै छ।त्यस्तै मकवानपुरमा तीन दिनदेखिको वर्षा आज रोकिएको छ ।’ वर्षा रोकिएपछि उद्धार तथा राहतको काम तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जनकारी दिनुभयो । ‘जिल्लाका अधिकांश स्थानमा खानेपानी, विद्युत् र सडक अबरुद्ध भए काले तत्काल क्रमशः खानेपानी तथा अन्य सेवा सञ्चालन गर्नेगरी काम भइरहेको उहाँले बताउनुभयो’ ।

“सुरक्षा समितिको बैठक बसिरहेको छ,हामी तत्काल क्षतिको आकलन गरेर त्यहीअनुसार काम अगाडि बढाउँछौँ”, प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो।बाढी तथा पहिरोका कारण जिल्लामा दुईको ज्यान गएको र केही घाइते भएका उहाँले बताउनुभयो।कै लाशमा पहिरोले पुरिएर घाइते भएकी एक महिलाको उद्धार गरेर अस्पताल लैजाने तयारी भए पनि बाटोका कारण समस्या परेको उहाँले जानकारी दिनुभयो। मक वानपुरको भीमफेदीका ९२ घर जोखिमका कारण त्यहाँका जनतालाई अन्यत्र सारिएको छ ।’ नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरुको उद्धार गरेर सुरक्षित स्थानतर्फ सारेको प्रहरीले जनाएको छ ‘।

‘बाढी पहिरोका कारण अबरुद्ध बाटो सञ्चालन हुन सकिरहेका छैनन् ।बाढी पहिरोले बितण्डा मच्चाएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मकवानपुरले पार्टीको नियमित बैठक स्थगित गरेर राहत र उद्धारमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ‘।’बाढी पहिरोका कारण जताततै समस्या भएपछि पीडामा परेका नागरिकलाई राहत र उद्धारमा लाग्नका लागि निर्देशन दिइएको नेकपाका अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो’ ।

प्रकाशित मिति July 13, 2019
Loading...