बधाई ! मलेसिया विरुद्धको पहिलो टी २० मा नेपालको सानदार जीत ! सक्दो सेयर गरेर हौसला बढाउ !

काठमाडौं -:  मलेसिया विरुद्धको पहिलो टी २० आई खेलमा नेपाल विजयी भएकाे छ । दुई खेलको सिरिज अन्तर्गत शनिवार किनरारा ओभलमा भइरहेको पहिलो खेलमा नेपाल ७ विकेटले  विजयी भएकाे हाे । मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियाे ।

जितका लागि १२९ रनको लक्ष्य पाएको नेपालले कमजाेर सुरुवात गरेपनि पारस खड्काकाे अर्धसतकिय पारीले सानदार जित हात पारेकाे हाे । ब्याटिङ तर्फ नेपालकाे प्रदिप एरीले ८, ज्ञानेन्द्र मल्लले ७, राेहीत पाैडेलले ५ रन जाेडेर पेवाेलियन फर्किए भने कप्तान पारस खड्काले सर्वाधिक ८६ रन बनाए भने  सरद भेस्वाकरले रन बनाए १६ रन बनाए ‘।

बलिङ तर्फ मलेसियाका फिट्री सामले १ विकेट हात पारे । त्यसअघि घरेलु टोलीका लागि ओपनर भिरनदिप सिंहले सर्वाधिक ५७ तथा कप्तान अहमद फैजले ४५ रन बनाए। नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। यस्तै सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ तथा सोमपाल कामीले १ विकेट लिए। करणले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए। उनले लगातार ३ बलमा विकेट लिएका हुन्। तर अन्तिम ओभरको दोस्रो, चौथो र पाँचौ बलमा विकेट लिएका हुन्। मलेसियाले अन्तिम ५ ओभरमा ३२ रन जोड्दा ६ विकेट गुमाएको थियो’।

प्रकाशित मिति July 13, 2019
Loading...