पूर्वपश्चिम राजमार्गको पुल बग्यो, जोखिम मोलेर खोला तर्दै यात्रु !

२८ असार, बर्दिवास -:  पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत-जावत ठप्प छ ।

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिएका छन् । रातिदेखि नै यात्रुहरु सडकमा अलपत्र छन् । कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।शनिबार बिहान विपत व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सकृयतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

महोत्तरीको १४ नम्बर बजारका केही घरहरुमा सडकको पानी पसेको छ भने किसाननगरमा ३ वटा घर भत्किएको बर्दिवास नगरपालिका वडा नम्बर ७ का अध्यक्ष फागुनी मगरले बताए ।

बर्दिवास नगरपालिका १ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका चार-पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् ।रातिदेखि नै नेपाल टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ ।यो खबर अनलाईन खबर मा प्रकाशित छ।

यो पनि आज दिनभर पानी पर्ने, उच्त सतर्कता अपनाउन आग्रह
काठमाडौं-लगातार परिरहेको पानी आज (शनिबार) पनि दिन भर जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू–भागका केहि स्थानहरुमा र पश्चिमी भेगको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक(दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। यसैगरी शनिबार राती देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भेगका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक-दुई स्थानमा भारि वर्षाको सम्भावना छ।पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक/दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक अवस्थित छ।

यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापीय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आगामी २ दिन सम्म मनसुन अति सक्रिय रहने महाशाखाले उल्लेख गरेको छ। हाल देशभर लगातारको मनसुनी वर्षा जारी छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रमा केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार पूर्व र मध्यका क्षेत्रका तराई र पहाडका एक/दुई ठाउँहरुमा धेरै भारि वर्षा हुने सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।

विभागले जारी गरेको मौसमी अवस्था

असार २८ गते (शनिबार)
दिउँसो: देशभर (Widespread) वर्षा जारी रहने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (Very Heavy rainfall) हुने सम्भावना छ।

राति: देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना (Widespread Rain) छ। देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा भारि वर्षाको (Heavy rainfall) सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारि वर्षा (Very Heavy rainfall) हुने सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना छ।

असार २९ गते (आईतबार)

दिउँसो: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) समेत हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक – दुई स्थानहरूमा र पश्चिमी पहाडका एक – दुई स्थानमा धेरै भारि वर्षा ( Very Heavy rainfall) को सम्भावना छ।यो खबर खबरहबमा प्रकाशित छ ।

प्रकाशित मिति July 13, 2019
Loading...