सल्यूट नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी जसले ६ जना मजदुरलाई उर्लिदो भेलबाट यसरी बचाए!

ललितपुर -: अविरल वर्षा पछी ललितपुरको नखु खोलाको उर्लिएको भेलबाट नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले ६ जना मजदुरलाई शकुसल उद्धार गरेको छ । ललितपुरको सुनाकोठी, वडा नम्बर २७ स्थित हिमालयन हाइड्रो कंस्ट्रक्शन प्राइभेट लिमिटेडको अफिसलाई खोलाले बगाउँनै लाग्दा अफिस भित्र फसेका मजदुरलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो ।’

त्यहाँ ६ जना कामदार थुनिएका थिए । कार्यालय भवनसहित बगाउन लागेपछि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको उद्धार टोली त्यहाँ पुगेको थियो । नखु खोलाको बहाव बढेसंगै हाइड्रो अफिसलाई बीच पारेर दुई तिर ठुलो भंगालो बनाएको बगेको थियो । एकाएक खोला उर्लिएपछी उनीहरु त्यहि फसेका हुन्’ ।

प्रकाशित मिति July 13, 2019
Loading...