प्रकाश सपुत र अञ्जली अधिकारीको अभिनयमा रहेको तिज गीत बजारमा (भिडियो सहीत)

नेपाली महिला दिदी बिहिनिहरूको महान् चार्ड तिज नजिकिँदै गर्दा बजारमा तिज गीतहरू आउने क्रम बढ्दै गएको छ । चर्चित गायिका देवी घर्ती र गायक पूर्ण परियारको स्वरमा रहेको यो वर्षको नयाँ ‘कति राम्री कति’ बोलको तिज गीत युट्युब मार्फत सार्वजनिक भएको छ ‘।

गीतमा लय तथा शब्द संकलन एकनाराणय भण्डारीले गरेका छन् ।’ बोलमाया देखी चर्चा कमाएका प्रकाश सपुत र अञ्जली अधिकारी जोडीको अभिनय रहेको भिडियोमा शङ्कर बिसीले निर्देशन गरेका छन् । ‘दुई प्रेमीको मनको भाव समावेश उक्त गीतमा आफ्नो मायालुको बयान गरिएको छ ।’

अञ्जली अधिकारी र प्रकाश सपुतको अभिनय रहेको उक्त गीतको भिडियो राजेश घिमिरे र सुदिप विष्टले छायाङ्कन गरेका हुन् । एक प्रेमील जोडीको माया देखाइएको उक्त गीतको भिडियोमा धेरै नै रचाइएको अञ्जली अधिकारी र प्रकाश सपुतको जोडीलाई निकै राम्रो नृत्य गर्दै र माया साटेको देख्न सकिन्छ’।

‘शङ्कर बि.सिको निर्देशनमा तयार भएको गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । भिडियो सितारा म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ’ ।

प्रकाशित मिति July 12, 2019
Loading...