दुबईमा बस्दै आएका केशब कटुवाल र पारश लामाको “आफ्नै देशको माया” सार्वजनिक (भिडियो सहित)

हिकामन रोका, दुबई -: परदेशमा लामो समय बिताएका निर्देशक,मोडल अनि गीतकार कटुवालले परदेश बाट देशको याद मा “आफ्नै देशको माया” लिएर आएका छन् । उनि परदेशमा बसेर नेपली गीत संगीत लाई माथि लइजान सधै टेवा पुराउदै आएका छन् हरेक खालका गीत लेख्ने खुबी भएका कटुवालले लघु फिल्म देखि लिएर झन्डै १०० म्युजिक भिडियो निर्देशन गरि सकेका छन् ।

“आफ्नै देशको माया” एउटा राष्ट्रिय गीतहो जुन नेपालको उतार पुर्बी भाग ( परदेश १ ) कोशी अञ्चल जिल्लाका धनकुटा, शंखुवा सभा र सोलुखुम्बु जिल्लालाइ बरण गरेको पाहिन्छ । गीतकार भन्नु हुन्छ जुन गीत धेरै अगाडी लेखेको भए नि यसलाई बजारमा लाउन ढिला भयो र गीतले नेपालमा हामी परदेशी लाई हुने असहज वातावरण जस्तै बन्द हट तालले घर जादा विभिन्न समस्या आउने गरेका छन् र कति हामी आफ्नो देश बाट केहि गर्ने सोचका साथ परदेश आउछौ र फ़र्कदैनौ तेस्तो मा नेपाल आमाले आफ्ना सन्तान खोजि रहेकी होलिन भन्ने भाभ सगै अहिले नेपालमा भइरहेको अस्बथा बारे पनि चित्रण गरेको छ ।

उक्त गीतममा परदेशममा सारा दुबई बासि नेपालीहरुलाइ नचाउन सिपालु र निकै चर्चा कमाइ सकेका गायक पारश लामा को स्वरमा सजिएको छ भने गीतको संगीत सबिन लिम्बुले दिनु भएको छ | गीतको सब्द केशब कटुवालको रहेको छ । यो गीत दुबईमा नै रेकोडिङ्ग गरिएको थियो र अहिले लाइ स्टुडियो भिडियो बजारमा आएको हो जसको सम्पादन र कलरिङ्ग मिराज अर्यालले गरेका छन् ।

गीत निकै मिठो बनेको छ र भिडियो हेर्न लाएको भनेको छ! एक पल्ट हेरेर आफ्नो प्रतिकृया दिनु होला –:

प्रकाशित मिति July 11, 2019
Loading...