सुनिल छिदालको ‘ए माया’ चर्चाको शिखरमा भिडियो हेर्नु होस्!

दुबई,य़ुएइ – लामो समय नेपाली गीतसंगीतमा जीवन बिताएका कुशल निर्देशक रोजल थापाको नया गीतको भिडियो सावर्जनिक भएको छ । उक्त गीतमा एक ताकाका “भाइरल ब्वाई” सुनिल छिदालको स्वर, शब्द रचना र उनकै संगीतमा “ए माया” बोलको नयाँ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको हो ।

रोमान्टिक थिमको भिडियो बनाउन सिपालु मानिने रोजल थापाले यस गीतको भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोमा गायक सुनिल स्वयं फिचर्ड छन् । उनको अपोजिटमा रोजिना राई छिन् र दुईको केमेस्ट्री सुहाएको देखिन्छ । गीतको भिडियोमा सुनिललाई रोजिनाको यादमा तड्पिएको देख्न सकिन्छ ।

विरेन्द्र भट्टको छायांकन रहेको सार्वजनिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । मेघराज मगरातीले भिडियोमा ड्रोन उडाएका छन् । आफ्ना अघिल्ला गीतझैं ‘ए माया’ लाई पनि दर्शक/स्रोतले रुचाउनेमा गायक सुनिल विश्वस्त छन् । निर्देशक रोजल धेरै युवा-युवतीले गीतमा आफ्नो कथा भेट्ने बताउँछन् ।

यस गीतका सम्पूर्ण टिम लाइ बधाई दिदै भिडियो हेर्दिनु होला

प्रकाशित मिति May 20, 2019
Loading...