मेस्सीले गरे दुई मिनेटमा दुई गोल तर जितेन बार्साले!

काठमाडौं: लियोनल मेस्सीले दुई मिनेट भित्रमा दुई गोल गरेपनि स्पेनिस च्याम्पियन बार्सिलोनाले लिगको अन्तिम खेलमा बराबरी खेलेको छ ।
गएराति भएको खेलमा इबर विरुद्धको खेलमा बार्सिलोनाले २–२ को बराबरी खेलेको छ ।

बार्सिलोनाबाट लोनमा इबर पुगेका मार्क ककुरेलाले घरेलु टोलीका लागि २० औं मिनेटमा शुरुवाती गोल गरेका थिए ।

मेस्सीले ३१ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसको अर्को एक मिनेटमा नै मेस्सीले अर्को गोल गरेका थिए । तर पहिलो हाफको अन्त्यमा बालासिसले इल्बरको लागि गोल गर्दा लिगको अन्तिम खेलमा बार्साले बराबरी खेलको छ । यद्दपी उसले ला लिगाको उपाधि भने घर भित्र्याइसकेको छ ।

लियोनल मेस्सीले ला लिगमा कुल ३६ गोल गर्दै उच्च गोलकर्ता बनेका छन् ।’

प्रकाशित मिति May 20, 2019
Loading...