दि एबी प्रिजेन्ट नेपाल – पछिल्लो समयमा चर्चामा रहेकी मोडल अन्जली अधिकारी र चर्चित लोक दोहोरी गायक पशुपति शर्माले आउँदो शुक्रबार अथार्त १२ जुलाई २०१९ का दिन यूएई मा रहेका नेपालीका माझ आफ्नो प्रस्तुति राख्ने भएका छन् ।रास्ट्रिय लोक तथा दोहोरि गीत प्रतिस्थान नेपाल यूएई शाखा को प्रथम बार्षिक उत्सव तथा साँस्कृतिक
कार्य क्रमको निम्ति कलाकार यूएई आउन लागेका हुन् ।सँस्थाको यूएई शाखा सचिव ओमकार पोख्रेलका अनुसार कलाकार बिहिबार राती यूएई आइपुग्ने छन् भने शुक्रबार दिउस ३ बजे देखि बुर दुबईमा रहेको क्लब एभरेस्टमा धमाका गर्ने छन् ।मोडल अन्जली पछिल्लो समयमा गल्बन्धि गीतका कारण व्यापक चर्चा मा छिन भने पशुपति शर्मा सर्वाधिक चर्चा कमाउने गायक हुन् ।कार्यक्रममा उपस्थिति जनाएर कार्य क्रमलाई सफल बनाउन सहयोग गर्न आयोजक संस्थाले यूएई मा रहेका सम्पूर्णलाई अनुरोध गरेकोछ ।
प्रकाशित मिति July 10, 2019