इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले आफनै घरमा डोजर लगाए!

आफनो अभिव्यक्तिको कारण कयौँ पटक आलोचनामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले आफनै घरमा डोजर लगाएका छन् ।

पत्रकारसंग भएको बिवादपछि उनले सडक मिचेर घर बनाएको आरोप लागेपछि मेयर चौधरीले आफनो घरको पर्खाल डोजर लगाएर भत्काएका हुन् ‘।

उनी चर्चामा आउँनु अघि यस बिषयमा कुनै जानकारी नै थिएन तर जब उनले पत्रकारलाई लोप्पा खुवाए ,नाकको हड्डी भाँच्न एक करोड छुट्टाएको भनी अभिव्यक्ति दिए तब उनले सडक भिचेर घर बनाएको खुलासा भएको थियो’ ।

लगत्तै मेयर आफनो घर भत्काउँने समेत बताएका थिए । मेयर चौधरीले इटहरी १७ मा रहेको आफनो घरको पर्खाल डोजर लगाएर भत्काएका हुन्’ ।

उनले डोजर लगाएर घर भत्काएसंगै सुशासनको सुरुवात गरेको प्रतिक्रिया दिए । उपमहानगरले सडक मिचेर बनाएको संरचनाहरु भत्काउँन थालेको छ । जसको सुरुवात मेयर चौधरीले आफनै घरबाट गरेका हुन्’ ।

प्रकाशित मिति July 9, 2019
Loading...