काठमाडौं -: अन्तिम संस्कारका लागि लगिएको श*व प्रहरीले बीचमै नियन्त्रणमा लिएको छ ‘। ‘धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवले सोमवार मध्यरातमा आ*त्महत्या गरिन् । उनका परिवारले प्रहरीलाई खबर नगरी श*व जलाउन खोजेपछि यस्तो घटना बाहिर आएको हो ‘।
यो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै श*व उठाएर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको हो । दागबत्ती दिइसकेपछि श*व जल्न सुरु भएको अवस्थामा प्रहरी पुग्दा मलामीहरुको अचानक भगाभाग भयो ‘।
घरदेखि करिब २ किलोमिटर टाढा खेतमा लगेर बालिकाको दाहसंस्कार कार्य भइरहेको थियो । प्रहरीले श*वका साथै घटनास्थलबाट सातजना मलामीलाई पनि नियन्त्रणमा लिएको छ ‘।
उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन’ ।’ घटनाबारे जानकारी नै नदिई दाहसंस्कार गरिरहेको सूचना पाएपछि प्रहरीको टोली पुगेर श*व पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कील जानकारी दिनुभयो । उहाँका अनुसार आ*त्महत्या भनिए पनि छिमेकीले घटना शंकास्पद रहेको जानकारी गराएपछि प्रहरीले एक्सन लिएको हो ‘।
प्रकाशित मिति July 9, 2019