झापामा सर्पले डसेर सात वर्षिया बालिकाको ज्यान लियो!

भद्रपुर-:  कोठामा सुतिरहेको अवस्थामा वि*षा*लु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृ!त्यु भएको छ। सर्पदंशबाट मृ!!त्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै घर कोठामा सुतिरहेका बालिकालाई आइतबार राति वि*षा*लु सर्पले टोकेको थियो। राति २ बजे छोरीलाई सर्पले टोकेको थाहा पाएपछि तत्काल उपचारका लागि कनकाई नगरपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। बालिकाको उपचारको क्रममा बिहान ४ बजे मृ!!त्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित मिति July 9, 2019
Loading...