नेपालले क्रिकेटको फाईनल खेल्दै, १० रन बनाउँदा हङकङको दुई विकेट गयो (LIVE)हेर्नु होस्

काठमाडौं -:  यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधी दाबेदार नेपालले अहिले भईरहेको फाईनल खेलमा हङकङविरुद्ध फिल्डिङ गरिरहेको छ ।

खेल हेर्न यो लिंकमा क्लिक गर्नुहोस -: 

मलेसियाको किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर कप्तान रोहित कुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन नगरि सेमिफाइनलमा सोमबार मलेसियाविरुद्ध मैदान उतारेको टोलीलाई नै निरन्तरता दिएको छ । आजको खेलमा विशाल विक्रम केसी,लोकेश बहादुर बम र प्रतिस जिसी बेन्चमा रहेका छन् ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियामाथि ७ विकेटको जित निकालेको थियो । त्यस्तै हङकङले अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो’ ।

नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ ।’

यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति July 9, 2019
Loading...