भाग्यमानी नबिन ! नेपालमा पैसा पठाउदा युएईमा पाए कार उपहार !

युएई-: युएईको अल अहालिया एक्सचेन्जबाट पैसा पठाउने काठमाडौंका नवीन पाण्डेले निशान कार उपहार पाएका छन् ।विगत ६ वर्षदेखि दुबईको रिच कार्टेन होटलमा भेलेट चालक पदमा कार्यरत पाण्डेले अल अहालिया एक्सचेन्जको अलकुज शाखाबाट पैसा पठाउँदा निशान कार उपहार पाएको एक्सचेन्जका नेपाल म्यानेजर बेनीमाधव ढकालले जानकारी दिएका छन् ।

एक्सचेन्जले गत मे ५ देखि जुलाई ३ सम्मका लागि समर एक्सचेन्ज योजना लागू गरेको थियो ।यो योजनाअन्तर्गत १ केजी सुन भने पाकिस्तानी नागरिक मोहम्मदले पाएका छन् ।

यसै योजना अन्तर्गत ५ जना भारतीय अनि पाकिस्तान, बङलादेश, श्रीलङ्का र फिलिपिन्सका १/१ जनाले पनि पाण्डेले जस्तै निशान कार प्राप्त गरेका छन्उक्त अवधिमा अल अहालिया एक्सचेन्जबाट रेमिट्यान्स गर्नेहरूमध्ये विद्युतीय माध्यमबाट गरिएको गोलाप्रथाबाट पुरस्कृतहरूको चयन गरिएको अल अहालिया एक्सचेन्जले जनाएको छ।कार उपहार पाएका पाण्डे अहिले वार्षिक विदामा नेपालमा छन् ।

उनी युएई फर्केपछि उपहार पाएको कार प्रदान गरिने एक्सचेन्ज नेपाल म्यानेजर बेनीमाधव ढकालले बताए ।

प्रकाशित मिति July 8, 2019
Loading...