बिचल्लीमा परेका ४४ नेपाली महिलालाई चीनमै काम गर्न मेनपावर सञ्चालकको दबाब !

लगभग दुई महिनाअघि चीन ल्याएर बिचल्लीमा पारिएका ४४ नेपाली महिलालाई चीनमै बसेर काम गर्न नेपालको कम्पास मेन पावर कम्पनीले दबाब दिएको छ । काठमाडौँ पिंगलास्थानमा कार्यालय रहेको सो कम्पनीले ती महिलालाई कामका लागि चीनको ल्याउनिङ पठाएको थियो’ ।

केही दिनअघि चीनमा नेपाली ४४ महिला बिचल्लीमा परेको समाचार नागरिकमा छापिएपछि कम्पनी सञ्चालक गिरिराज घिमिरे र राम कार्की शनिबार चीनको ल्याउनिङ आएका छन् । घिमिरे र कार्कीले आइतबार समूहसमूहमा नेपाली महिलासँग कुरा गरेर चीनमै बस्न दबाब दिएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन् ।’

प्रकाशित मिति July 8, 2019
Loading...