कतारबाट आउदै गरेको विमानमा सुन ल्याउँदै गरेका युवा विमानस्थलमा पक्राउ !

काठमाडौँ -:  फरक शैलीमा कतारबाट सुन ल्याउँदै गरेका युवा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

बच्चाको ट्राइपोटमा सुन लुकाएर ल्याएका मोरङका लिलबहादुर बस्नेतलाई अध्यागमन प्रहरीले पक्राउ गरेको हो।

शङ्का लागेर चेकजाँच गर्दा ट्राइपोटको बटममा सुन लुकाएको भेटिएपछि शनिबार राती २ बजे उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका बस्नेतको साथबाट २५–३० वटा ससाना सुन बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै नेपालमा उनलाई सुन ओर्सान सहयोग गर्ने थप २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । तर, उनीहरूको नाम भने सार्वजानिक गरेको छैन्।

पक्राउ परेका बस्नेतको सुन भित्र्याउने तरिका अरु भन्दा फरक देखिएको प्रहरीले बताएको छ।

उनले आफू निर्दोष रहेको प्रहरीसमक्ष बयान दिएका छन्। बस्नेतले कतारमा आफूसँगै काम गर्ने राम बस्नेतले फसाएको बताएका छन् ।

प्रकाशित मिति July 7, 2019
Loading...