भरखरै नेपाल आइपुगे आदित्य नारायण झा, ढाका टोपीमा सजिएर भने–‘नेपाल मेरो घर हो, हेर्नुहोस (भिडियो सहित)

काठमाडौं, २१ असार -:  आदित्य नारायण झा लाइभ इन नेपाल का लागी चर्चित गायक उदितनारायण झा र गायिका दिपा नारायण झाका सुपुत्र गायक आदित्य नारायण झा नेपाल आइपुगेका छन् ।

शनिबार अपरान्ह नेपाल आइपुगेका गायक झालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ढाका टोपी लगाएर स्वागत गरिएको छ । पत्रकारहरुसँग छोटो कुराकानी गर्दै धेरै समयको अन्तरालपछि नेपाल आएकोले अत्यन्त खुशी लागेको झाले बताए ।

उनले भने सात/आठ वर्षपछि नेपाल आएको हुँ । नेपाल आउन पाउँदा धेरै उत्साहित छु । हिजो सुट थियो, त्यसैले केही थकानको महसुस गरिरहेको छु ।नेपाल मामाघर कि घर भन्ने पत्रकारको प्रश्नमा उनले भने नेपाल मेरो घर हो, नेपालीहरु मेरो परिवार हुन्, मेरो सबै नेपाली फ्यानहरुले धेरै माया गर्नुभएको छ, यसरी नै माया गरिरहनु ।

उनले नेपाली फ्यानहरुका लागि ‘यो गाउँको ठिट्टो म, कान्छा मेरो नाम, आउँदै जाँदै गर्नु है सबलाई राम राम गीत पनि गुनगुनाएका थिए ।आदित्यले काठमाडौंको ठमेलस्थित क्लब फरेनहाइटमा आज (शनिबार) प्रस्तुति दिदैछन् । उनले बलिउड तथा नेपाली गीतहरु प्रस्तुत गर्नेछन् ।

हेर्नुहोस तलको भिडियो…

प्रकाशित मिति July 6, 2019
Loading...