मेलम्चीका सामान आपूर्तिकर्ता, ठेकेदार र मजदुरलाई तत्काल भुक्तानी दिन कार्यदलको निर्देशन !

काठमाडौं -:  मेलम्ची खानेपानी आयोजनाका सामान आपूर्तिकर्ता, सहायक ठेकेदार कम्पनी र मजदूरलाई दिन बाँकी रकम तत्काल भुक्तान गर्न निर्देशन दिइएको छ।

सरकारले गठन गरेको अध्ययन कार्यदलले बाँकी रहेको दाबी भुक्तानीको व्यवस्थापन तत्कालन गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएको हो ।

कार्यदलले समितिलाई बुझाएको प्रतिवेदनमा श्रमिक र स्थानीय सप्तायर्सहरूलाई प्राथमिकतामा राखी दाबी भुक्तानी पाउन बाँकी रहेको रकम सम्बन्धित निकायबाट छोटो प्रक्रियामार्फत दिन भनेको छ ।

भुक्तानी रकमको स्रोतको लागि आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसीको जफत गरिएको रकमलाई नीतिगत निर्णय गराई भुक्तानी योग्य बनाउन वा सरकारले अन्य स्रोतको व्यवस्थापन गर्न कार्यदलले निर्देशन दिएको छ।

साथै स्थानीय स्तरमा उपलब्ध दक्ष एवम् अनुभवी जनशक्तिको प्रयोग गरी आयोजनाको बाँकी काम सम्पन्न गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति July 6, 2019
Loading...