सुडान घोटालामा सर्वोच्चले दोषी ठहर गरे लगत्तै फरार (पूर्वआइजीपी) ठकुरीले आत्मसमर्पण गर्ने

बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरे लगत्तै फरार रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (पूर्वआइजीपी) रमेश चन्द ठकुरीले आज आत्मसमर्पण गर्ने भएका छन् ‘।

उनले सर्वाेच्च अदालतमा उपस्थित भएर आत्मसमर्पण गर्न लागेको परिवारिक स्रोतले जनाएको छ’।

संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीको लागि खरिद गरिएको बन्दोबस्ती सामान (एपीसी) खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै उनीसहित पूर्वआइजीपी ओमविक्रम राणा र हेमबहादुर गुरुङ, त्यस्तै पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) श्यामसिंह थापा र दिपकसिंह थाङदेनलाई समेत सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको थियो’।

सर्वोच्चले राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको थियो भने गुरुङ र ठकुरीसहित एआइजीहरुलाई एक–एकवर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो। ठकुरीबाहेक अन्य चारै जनाले यसअघि नै कैदसजाय भुक्तान गरिसकेका छन्’।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनका आधारमा दायर सुडान घोटालासम्बन्धी मुद्दामा विशेष अदालतले भने १ फागुन २०६८ मा दुईजना एआइजी बाहेक राणा, गुरुङ र ठकुरीलाई भ्रष्टचारी सावित गर्दै एपीसी खरिदको ४४ करोडमध्ये २८ करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तीनजनाबाट २८ करोड असुल गर्न निर्देशन दिएको थियो।’

विशेषको फैसला चित्त नबुझेपछि अख्तियार दुरूपयोग अनुसन्धान अयोगसहित पूर्व आइजीपीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। त्यसको ६ वर्षपछि १७ बैशाख २०७४ मा तत्कालिन सर्बोच्चका प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेस अदालतको फैसाला बदर गर्दै जरिवाना र कैद सजायसमेत घटाए फैसला गरेको थियो।’

प्रकाशित मिति July 4, 2019
Loading...