कस्ता अभागी सन्तोष : घर फर्किने तयारीमा रहेका सन्तोषको आक्रमणले लियो ज्यान

काठमाडौं-:  द्वन्द्वग्रस्त अरब मुलुक लिबियामा मंगलबार भएको हवाई आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले लिबियाका राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा आप्रवासी राखिएको बन्दीगृहमा भएको हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)ले उद्धार गरेर शिविरमा राखेका सन्तोष श्रेष्ठ नामका नेपाली युवा आक्रमणमा परेका हुन् ‘।

कायरोस्थित नेपाली राजदूतावासका अधिकारी सुजन भण्डारीले आईओएमका प्रतिनिधिलाई उद्धृत गर्दै आप्रवासी शिविरमा भएको हवाई आक्रमणमा परी सन्तोष गम्भीर घाइते भएको जनाएका छन् ।

स्पतालमा उपचार गराउँदै गर्दा उनको मृत्यु भएको आईओएमले जनाएको दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार मृतक सन्तोषबारे लिबियास्थित आईओएम प्रतिनिधिहरुले स्वदेश फर्काउने तयारी गरिरहेका थिए । दुई दिनअगाडिमात्र आईओएमका प्रतिनिधिहरुले कायरोस्थित नेपाली दूतावासलाई सन्तोषको ट्राभव डकुमेन्टबारे जानकारी मागेका थिए ‘।

तर, उनको ट्राभल डकुमेन्ट तयार हुनुभन्दा पहिला नै आक्रमणमा परी उनको मृत्यु भएको छ । लिबियामा रहेका अन्य ८ जना नेपालीलाई आईओएमको सहयोगमा कायरोस्थित दूतावासल सकुशल उद्धार गरि टर्किबाट स्वेदश फर्काएको दूतावासले जानकारी दिएको छ ‘।

दलालको चक्करमा फसेर नेपालीहरु द्वन्द्वग्रस्त लिबिया पुगेका थिए । कायरोस्थित दूतावासले मृतक सन्तोषको शव ल्याउने तथा अन्य नेपाली रहेनरहेको बारे सूचना लिने काम भइरहेको जानकारी दिएको छ । मृतक सन्तोषको नेपालको ठेगाना खुल्न सकेको छैन ‘।

प्रकाशित मिति July 3, 2019
Loading...