व्हाट्सएप, इंस्टाग्राम र फेसबुकमा आयो समस्या !

सामाजिक सञ्जाल फेसबुकमा बुधबार साँझबाट विभिन्न समस्या उत्पन्न हुँदा विश्वभरका प्रयोगकर्ता हैरानीमा परेका छन् । फेसबुक, व्हाट्सएप र इंस्टाग्राममा पनि समस्या उत्पन्न भएको छ ।

उत्तर अमेरिका, दक्षिण अमेरिका यूरोप, एसिया र अफ्रिकाका फेसबुक प्रयोगकर्ता समस्यामा रहेको अर्को सामाजिक सञ्जाल ट्वीटरमा खबरहरु आएका छन् ।

खास गरि बुधबार साँझबाट फेसबुकमा तस्वीर नदेखिने समस्या उत्पन्न भएको छ । तर, यस्तो समस्या स्थानअनुसार फरक फरक भएकोसमेत बताइएको छ ।

फेसबुकले आधारिकरुपमा यो समस्याबारे केही उल्लेख गरेको छैन । के कारणले समस्या उत्पन्न भएको हो भन्नेबारे पनि केही खुलाइएको छैन । व्हाट्सएप, इंस्टाग्राम र फेसबुक एउटै कम्पनीका हुन् ।

खास गरि बुधबार साँझबाट फेसबुकमा तस्वीर नदेखिने समस्या उत्पन्न भएको छ । तर, यस्तो समस्या स्थानअनुसार फरक फरक भएकोसमेत बताइएको छ ।

प्रकाशित मिति July 3, 2019
Loading...