ब्राजिल उत्कृष्ट थिएन, रेफ्रीले गल्ती गरे : मेसी

अर्जेन्टिनी फूटबल टोलीका कप्तान लियोनेल मेसीले रेफ्रिको गम्भीर गल्तीका कारण आफ्नो टिम कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएको दाबी गरेका छन्।

ब्राजिलको घरेलु मैदानमा जारी दक्षिण अमेरिकी फूटबलको सबैभन्दा ठूलो प्रतियोगिताको बुधबार बिहान भएको सेमिफाइनलमा ब्राजिलसँग २–० ले पराजित भएपछि अर्जेन्टिना प्रतियोजिताबाट बाहिरिएको थियो।

खेलका क्रममा अर्जेन्टिनाले पाएको दुई पेनाल्टी रेफ्रिले नदिएको भन्दै मेसीले आक्रोश व्यक्त गरे। उनले रेफ्रिको निर्णयप्रति ‘बुलसिट’ भन्दै अपशब्द बोलेका थिए।

ब्राजिलियन टोली हामी भन्दा उत्कृष्ट थिएन उनीहरुले पहिले गोल गरे मेसीले भने रेफ्रिले धरैलाई पहेँलो कार्ड देखाउन भ्याए तर दुई पटक भएको पेनाल्टी अपिलमा भिडियो असिस्टेन्ट रेफ्रिको सहयोग लिन आवश्यक ठानेनन्।

यसबारे दक्षिण अमेरिकी फुटबल महासंघले छानविन गर्ने मेसीले अपेक्षा गरेका छन्।

रेफ्रिको बहानामा टोलीको नतिजाप्रति क्षमा माग्ने छुट नभए पनि ब्राजिलले अर्जेन्टिनाभन्दा उत्कृष्ट नखेलेको उनले दाबी गरे।

व्यवसायिक फुटबलका सफल खेलाडी भएर पनि राष्ट्रिय टोलीबाट उपाधि जित्न असफल मेसीले आफ्नो टोलीले प्रदर्शनको बचाउ गरे।

प्रकाशित मिति July 3, 2019
Loading...