ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार!

१८ असार, म्याग्दी -:  गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भर्याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट भिरतर्फ झर्दै गरेका ती पुरुष गुर्जाकै मह शिकारी अमृत छन्त्याल हुन् ‘।

पहाडकै फेदी हुँदै बगिरहेको नदीको किनारमा रहेका मानिसहरु गाग्री, डोको र बाटा लिएर बसेका छन् । यो दृश्य धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँदेखि करीब ५ घण्टाको पैदल यात्रापछि पुगिने घ्यासपुर भिरमा स्थानीय बासिन्दाले मौरीको शिकार गर्दै गरेको हो । सडक सञ्जालले नजोडिएको गुर्जा सदरमुकाम बेनीदेखि २६ कोष टाढा दुई दिनको यात्रामा पर्छ । गुर्जामा पुर्ख्यौली पेशाको रुपमा भिर मौरीको शिकार गर्ने गरिएको छ ‘।

प्रकाशित मिति July 3, 2019
Loading...