सलमान, शाहरुखलाई नेपाल आउन नदिने!

सरकारले चाहिँ पर्यटन प्रवर्द्धनका लागि यो कार्यक्रमले फाइदा पुग्ने बताएको छ । पर्यटन बोर्डका अधिकारीहरु यो अवार्ड नेपालमा आयोजना हुनु ठूलो अवसर भएको र यस्तो अवसर ५० वर्षमा पनि नआउने दाबी गर्छन् ।

तर, कलाकारहरु सरकारी दाबीसँग सहमत छैनन् । सरकारले स्वदेशी कलाकारहरुलाई आफ्नो निर्णयमा ‘कन्भिन्स’ गराउन सकेको छैन ।
हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले आफ्नै पारामा प्रतिक्रिया दिए, ‘यो त आफ्नो घरकी श्रीमतीलाई म्याक्सी किन्न नखोज्ने, अनि छिमेकीलाई ट्याक्सी किन्न खोजिदिएको जस्तो भयो |
यसै सन्दर्भमा हामीले कलाकारहरु भुवन केसी, करिष्मा मानन्धर, जितु नेपाल र केदार घिमिरेसँग छोटो प्रतिक्रिया लिएका छौं’ ।

अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालयकाे भवन नजिकै बम विस्फोट हुँदा १० जना मारिएका छन् । दर्जनौँ घाइतेलाई अस्पताल लगिएको छ ‘।

सोमबार भएको उक्त हमलाको तालिबानी लडाकु समुहले जिम्मा लिएको छ । व्यस्त सडकमा यस्तो हमला भएको थियो । प्रहरी अधिकारी मोहम्मद कारिमका अनुसार उक्त हमला रक्षा मन्त्रालयकै अगाडि गराइएको थियो’ ।

तालिबानी समुहले विज्ञप्ति जारी गर्दै उक्त घटनाको जिम्मा लिएको हो । तालिबान प्रवक्ता जाबुहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा हमला आम नागरिकप्रति नभएर सैनिकहरुप्रति लक्षित गरिएको बताइएको छ । संयुक्त राष्ट्रसंघ तथा केही गैरसरकारी संस्थाहरुले उक्त घटनामा मारिएका र घाइते भएकाप्रति चिन्ता व्यक्त गर्दै तालिबानी समुहको आलोचना गरेका छन्।’

प्रकाशित मिति July 2, 2019
Loading...