प्रधानमन्त्री रोजगार कार्यक्रम गरिव नेपालीका लागि: मन्त्री विष्ट!

काठमाडौं, असार १७-: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम गरिव जनताका लागिल्याइएको कार्यक्रम भन्दै यसले मानवोचित जीवन बाँच्न नपाइरहेका नेपाली नागरिकको जीवन परिवर्तनको लक्ष्यराखेको बताएका छन् । उनले अहिले पनि बर्षमा ३० हजार आम्दानी नहुने ६ लाख भन्दा धेरै नेपाली रहेको भन्दैप्रधानमन्त्री रोजगार कार्यक्रम उनीहरुको जीवन बदलिनुपर्छ भन्ने मान्यतामा ल्याइएको बताए ।

राजधानीमा दुई दिनसम्म सञ्चालन भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको समापन गर्दै मन्त्री विष्टलेलोकतन्त्र केवल राजनीतिक परिवर्तन मात्र नभएको भन्दै यसले समग्र सामाजिक, आर्थिक अवस्थामा पनिपरिवर्तनको अनुभूति दिनसक्नु पर्ने बताए ।

उनले कतिपय ठाउँबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचनाभइरहेको भन्दै यो कार्यक्रम खान नपाएका, लाउन नपाएकाहरुको कार्यक्रम भएको हुँदा यो जनताको कार्यक्रमभएको बताए ।

सो अवसरमा बोल्दै मन्त्री विष्टले यसअघिका सरकारले रोजगारीको विषयमा उतिधेरै चासो नदिएको भन्दैैवर्तमान सरकारको प्राथमिकता रोजगारी सिर्जनामा रहेको जानकारी गराए ।

मन्त्री विष्टले आम नेपालीलाईन्यूनतम रोजगारीको प्रत्याभूति प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गरिएको भन्दै सरकार नीजि क्षेत्र, सहकारीतथा श्रमिक यूनियनहरुसँग सहकार्य गरेर अगाडी बढ्न चाहिरहेको बताए ।

मन्त्री विष्टले सम्मेलनमा प्राप्त सुझाव तथा विचार केवल बौद्धिक विलासका लागि मात्र नहुने भन्दै तिनिहरुलाईआगामी दिनमा सरकारको नीतिमा समेटिने बताए ।

उनले सम्मेलनका क्रममा प्राप्त सुझावका विषयमा थपछलफल गरिने पनि प्रष्ट पारे ।

सो अवसरमा सम्मेलनको निश्कर्ष प्रस्तुत गर्दै मन्त्रालयका सचिव महेश दाहालले मुलुकभित्र अझ पनि धेरैरोजगारीका अवसर नभइरहेको अर्कातर्फ उपलव्ध रोजगारीमा बाह्य मुुलुकका नागरिक संलग्न रहेकोविरोधाभाषपूर्ण तथ्याँक रहेको बताए ।

उनले तथ्यतथ्याँकमा अझै पनि कमि रहेको, बैदेशिक रोजगारलाईउपलव्धीमूलक बनाउन थप प्रयत्न गर्नुपर्ने तथा मुलुकमा श्रमको सम्मानको वातावरण निर्माण गर्नुपर्ने विषयमासम्मेलनको निश्कर्षका रुपमा प्रस्तुत गरे ।

कार्यक्रम समापनका अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल, आइएलओका नेपालप्रतिनिधि रिचार्ड हावर्ड, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघकाकार्यवाहक अध्यक्ष राजेश अग्रवाल, संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ लगायतले बोलेकाथिए ।

प्रकाशित मिति July 2, 2019
Loading...