प्रचण्डले गरे कांग्रेससँग मिल्ने घोषणा!

काठमाडौं –:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार चितवनमा आयोजित कार्यक्रममा पार्टी एकीकरण हुँदा भएका समझदारी कार्यान्वयन नभए दुर्भाग्य हुने अभिव्यक्ति दिए ।

एकीकरणका क्रममा भएका सहमति कार्यान्वयन हुने अवस्था नभएर अर्का अध्यक्ष केपी शर्मा ओलीसँग खटपट भएपछि प्रचण्डले मंगलबार कांग्रेससँग मिल्ने कुरा गरेका छन् ।

देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल कांग्रेससँग मिलेर जानुपर्ने बताए ।

भरतपुर महानगरपालिकाको चौथो नगर सभाको उद्घाटनमा उनले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा कांग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ अध्यक्ष दाहालले भने प्रधानमन्त्री केपी ओली, शेरबहादुरजी र मबीच लगातार छलफल भइरहेको छ । हामी एक्लै हिँड्न सक्ने अवस्थामा छैनौं, शान्ति प्रक्रिया मिलेर गर्‍यौं, संविधान मिलेर ल्यायौं, हामी एउटै डुंगामा यसरी चढेका छौं कि त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनु हो ।’

प्रकाशित मिति July 1, 2019
Loading...