लुम्बिनीमा बन्ने भो ‘आङछिरिङ शेर्पा गुम्बा’ प्रधानमन्त्रीले गरे शिलान्यास!

काठमाडौं : लुम्विनी क्षेत्रको पर्यटन विकासमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको परिवारले ५ करोड लगानी गर्ने भएको छ । भिक्षुलाई ध्यान गर्न र आवासको समेत व्यवस्था हुने गरी स्वर्गीय व्यवसायी शेर्पाको नाममा परिवारले आधुनिक गोन्पा निर्माण गर्न लागेको हो ।

१४ रोपनी क्षेत्रमा निर्माण गरिने गोन्पा भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको हवाइ, होटल र पर्यटन क्षेत्रमा शेर्पाको अतुलनीय योगदान रहेको बताए ।गोन्पामा भिक्षुलाई ध्यान गर्न पाउने, आगन्तुक भिक्षु र दशनार्थीका लागि आवासको समेत व्यवस्था हुने गरी निर्माण थालिएको निर्माण समितिका संयोजक लाक्पा सोनाम शेर्पाले जानकारी दिए ।

नेपाल भ्रमण बर्ष २०२० ‘लाई सहयोग पुर्‍याउन र विश्वभरका भिक्षुहरुलाई ध्यान गर्न सहयोग पुग्ने गरी दुई बर्ष भित्रमा गोन्पा निर्माण सम्पन्न गर्ने लक्षय रहेको उनले बताए ।गोन्पा भवन निर्माण गर्न लुम्विनी विकास कोषले जग्गा उपलब्ध गराएको कोषका सदस्य राजेश ज्ञवालीले जानकारी दिए । ‘कोषको गुरुयोजना अन्र्तगत रहेर हालसम्म लुम्विनी क्षेत्रभित्र २३ वटा राष्ट्रको गोन्पा निर्माण भई सकेको छ भने ३० वटा बढी भिक्षुहरुको लागि गुम्वा निर्माण भई सकेको छ’ ।

‘तारा फाउण्डेशनसँगै रहेको जग्गामा गोन्पा ‘भवनको निर्माण शुरु गरिएको छ । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको नाममा आठ चुचुरो भएको नेपालकै नमुना डिजाइनमा गोन्पा निर्माण हुने भएको छ ।यति एयरलाइन्सका निर्देशक समेत रहेका शेर्पाको गत २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरी र्फकने क्रममा हेलिकप्टर दुर्घटनामा परी मृत्यू भएको थियो ।’

प्रकाशित मिति May 18, 2019
Loading...