Breaking News संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान!

संखुवासभा -: संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विप्लव नेकपा समूहबीच गोली हानाहान भएको छ । तर, दुवै पक्षमा कुनै क्षति नभएको स्रोतले जानकारी दिएको छ ।

‘सिलिचोङ गाउँपालिका–१ मा गस्तीका लागि टोली गएको प्रदेश–१ का प्रहरी प्रमुख ‘डीआईजी ठाकुरप्रसाद ज्ञवालीले बताएका छन् । ‘गस्तीमा टोली गएको छ । कहिले काहीँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ । अरु केही होइन डीआइजी ज्ञवालीले भने’ ।

प्रहरी प्रधान ‘कार्यालयका एसपी रमेश थापाले हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको बताएका छन् । उनी भन्छन्, ‘उनीहरुले फायर गर्दै जङ्गलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ । थप विवरण आइसकेको छैन ।’ अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पठाइएको प्रहरीले जनाएको छ ।’

प्रकाशित मिति July 1, 2019
Loading...