आज  २५६३ औं बुद्ध जयन्तीको अबसरमा दुलही झैं सिंगारियो लुम्बिनी सक्दो सेयर गरौ

भैरहवा: शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा धुमधामकासाथ २५६३ औँ बुद्ध जयन्ती मनाइँदैछ । बुद्ध जयन्तीका अवसरमा विभिन्न मुलुकका बौद्ध धर्मालम्बीहरू लुम्बिनी आइपुगेका छन् । लुम्बिनीलाई दुलही झैं सिंगारिएको छ ।बुद्ध जयन्ती समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रमस्थ पुगेकी छिन् । लुम्बिनी परिषरमा झाकीसहितको र्‍याली निकालिएको छ । शुक्रबार नै लुम्बिनी आइपुगेका प्रधानमन्त्री केपी ओलीले बुद्ध जयन्तीका अवसरमा निकालिएको र्‍यालीमा सहभागी भई थाइ बिहारमा भिक्षुहरूलाई चिवर दान गरेका छन ।

उनले लुम्बिनी परिषरमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको पनि शुभारम्भ गरे ।यसै अवसरमा प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले उदघाटन गरेका छन् । प्रदेश ५ सरकारले २०७६लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । लुम्बिनी र प्रदेशका विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन थालेको हो ।

‘बुद्धको महापरिनिर्वाणपछि बुद्ध जयन्ती मनाउन थालेको २५६३ बर्ष पूरा भएको र बुद्धको जन्म त्यसभन्दा ८०’ बर्ष पहिले भएकाले बुद्धको जन्मको सम्झनास्वरुप २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रम राखिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईले बताए’ ।

प्रकाशित मिति May 18, 2019
Loading...