दशैंसम्म सरकारको आलोचना समाप्त हुन्छः प्रधानमन्त्री!

१४ असार, काठमाडौं-:  प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी गरेका छन् ।

सरकारले राम्रो काम गरेपनि कानून निर्माणमा व्यस्त भएका कारण जनतालाई भन्न नपाएको उनको दाबी छ । नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा अगाडि बढ्ने र दशैंसम्म आलोचना समाप्त हुने बताए ।

मदन भण्डारी जन्मजयन्तीको अवसरमा शनिबार कार्यक्रममा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रो काम गरेको दाबी गरे । उनले अघि भने एक वर्ष अघि र अहिले काठमाडौंको सडक हेर्नुस् । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिड्थे, अहिले मास्क नै लगाउनु पर्दैन ।

प्रकाशित मिति June 29, 2019
Loading...