समुन्द्र नभएको नेपालमा जनताको पैसाबाट तलब बुझी रहेका छन् पानी जहाज कार्यलयका कर्मचारी!

२०७४ पुस १६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको टिकट काटेर कोलकत्ता जान निम्ता नै गरेका थिए । तेस्तो त् हुन् सकेन तर त्यसको एक बर्षपछि २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा तामझामका साथ प्रधानमन्त्री ओलीले नेपाल पानी जहाज कार्यालयको उद्धाघटन गरे ।

कार्यालयमा १५ जनाको दरबन्दी गरिएको छ । अहिले सम्म पानि जहाज कतिको चलेको छ यो सबै देशवासीलाई नै थाहा छ । कार्यलयमा काम नभएपनि तलब बुझेका नै छन् ।

अचम्मत के भने काम नभएर फाल्तु बसेका कर्मचारी आफूहरु व्यस्त रहेको भन्दै फोनमा बोल्न नमिल्ने भन्दै कार्यालयमा बोलाउछन् । कार्यलयमा गएर केहि सोधपुछ गर्न खोज्दा कति व्यस्त छन् भने झैँ झट्टै भेट्न खोज्दिनन र भेटेपनि धेरै समय लगाएर मात्र भेट्ने गर्छन ‘।

प्रकाशित मिति June 29, 2019
Loading...