देशलाई निकाश दिने एक मात्र पार्टी नेपाली कांग्रेस अब हामो सरकार बनाउछौ : सभापति देउवा

झापा -: देशलाई निकाश दिने एक मात्र पार्टी नेपाली कांग्रेस रहेको कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।’शहीद यामबहादुर आचार्यको शालिक अनावरण गर्न झापा पुगेका सभापति देउवाले मंगलबार सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै सभापति देउवाले शहीद आचार्यले पार्टीलाई पु¥याएको योगदान अतुलनीय रहेको बताउदैं कांग्रेसले सँधै कदर गर्दै अघि बढ्ने बताए ।

अहिले कम्युनिष्ट सरकारमा रहेका एमालेको दुवै पक्ष तथा माओवादी केन्द्रका अध्यक्ष तथा शीर्ष नेताहरूले सरकार चलाउन आफूलाई आग्रह गरिरहेको भएतापनि आफूले नअताली सबै मिलाएर मात्र सरकारमा जाने बताए ।

झापाको बुद्धशान्ति गाँउपालिका वडा नम्बर ७ स्थित निजी निवासमा वि.स.२०५८ साउन ७ गते बेलुकी ८ः४५ वजे तत्कालीन माओवादीले यामबहादुर आचार्यको गोली हानी हत्या गरेको थियो ।

शहीद यामबहादुर आचार्य प्रतिष्ठानका अध्यक्ष विमल आचार्यको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकास शर्मा, नेपाल सरकारका पूर्व मन्त्री केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, केन्द्रीय सदस्यहरू सुधिरकुमार सिवाकोटी, दिलिप राई, गोपाल बस्नेत र झापा सभापति उद्वव थापालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति April 6, 2021
Loading...