नेता बिजुक्छे: माधवको बैठक भारतीय जासुसी प्लान भएको खुलासा,ओलीलाई आत्मसमर्पण नगर्न चेतावनी

चक्रवर्ती बादसाह बन्ने सपनाबाट ओली पछि हट्ने छाँटकाँट देखिएन : बाबुराम भट्टराई

काठमाडौँ -:  जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओली चक्रवर्ती बादसाह बन्ने सपनाबाट पछि नहटेको बताएका छन् ।

भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली कुनै न कुनै बहानामा सत्तामा टिकिराख्न चाहेको बताएका हुन्’ । प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्दै सद्दाम हुसेन, परबेज मसर्रफ र हुन सेन शैलीमा चुनाव गराएर आफू चक्रवर्ती बादसाहको रुपमा बस्न चाहेको भट्टराईले आरोप लगाएका छन्’ ।

भट्टराईले लेखेका छन्, राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,परबजे मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र ‘लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है!

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सरकार र संसद् चल्न नदिए पुन: प्रतिनिधिसभा विघटन गर्ने बताएका थिए ।

सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत ‘अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिरै लैजाने संकेत गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनःस्थापनापछि पनि प्रतिनिधिसभा चल्न नसकेको कारण उल्लेख गर्दै फेरि निर्वाचनमा जान सकिने धारणा राखेका हुन्’ ।

प्रकाशित मिति March 18, 2021
Loading...