आज मिति २०७७ फागुन २० गते बिहीबारको राशिफल हेर्नुहोस् र ॐ लेखि एक सेयर गर्नु होला भाग्य चम्कने छ !

आज मिति २०७७ फागुन २० गते बिहीबार, इस्वीसंवत मार्च ४ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुन शुक्लपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज फाल्गुन शुक्लपक्षको षष्ठी तिथि रहनेछ । आज चित्रा नक्षत्र, विष्कुम्भादि योगमा विशाखा, करणमा ध्रुव, आनन्दादि योगमा प्रवद्र्ध रहनेछ ।सूर्य कुम्भ राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान २९ घटि ५ पला अर्थात ११ घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर २७ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ । तुला राशिको चन्द्रमाले प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । आज प्रियजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपंक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । तुला राशिको चन्द्रमाले पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । स्वास्थ्य बाधाले सताउन सक्छ । काममा लामो समय जुट्न नसकिने, बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ ।

कर्कट : कर्कट राशिका लागि आज समय शुभ छैन । विना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारि साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला । प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउँन हम्मेहम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुँन सक्छ ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार, साँझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय खराब छ । शत्रुस्थानको चन्द्रमाले दैनिक कार्यमा विघ्नबाधा आउनेछ । विभिन्न अवसर आए पनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यवसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुका लागि आलोचना बढ्ने देखिन्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय अत्यन्तै खराब छ । जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क ह्ुन आवश्यक छ । वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा काम गर्न अफ्ठ्यारो महसूस हुनेछ । दाजुभाई तथा छिमेकीसँग पनि मनमुटाव बड्नेछ ।

धनु : धनु राशिका लागि आज एक्कासी स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिस“ग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज दक्षिण दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य सबल रहनेछ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमूलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज समय खराब छ, स्वास्थ्यमा पनि समस्या आउन सक्छ । बोली–वचनमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ । समय खराब रहेकाले दक्षिण दिशाको यात्रा नगर्दा राम्रो हुने देखिन्छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । लाभ हानी दुवै बराबर हुनेछ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन । काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ ।

प्रकाशित मिति March 4, 2021
Loading...