ओलीको पत्तासाफ गर्छु,देउवा जीलाइ प्रधानमन्त्री बनुहोस भन्या इन्कार गर्नु भो : प्रचण्ड भिडियो

काठमाडौँ-: प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक समीकरणका लागि दलहरुबीचको भेटघाटले तीव्रता पाएको छ ।प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै दलका नेताहरु सत्तासाझेदारीको विषयमा छलफलमा जुटेका हुन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

त्यसको केही घण्टामै नेकपा दाहाल–नेपाल समूहका नेताहरुलाई भेट्न जसपाका नेता राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन् । प्रचण्ड र श्रेष्ठबीच पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब परिरहेको र राजीनामा नदिएमा अविश्वासको प्रस्तावमार्फत हटाउने रणनीतिमा रहेका प्रचण्ड–नेपाल भावी राजनीतिक समीकरणका लागि कांग्रेसको साथ खोजीरहेको छ ।

प्रकाशित मिति February 27, 2021
Loading...