भारतबाट आयत हुने तरकारी तथा फलफुल कुहिन थाले!सरकार बेखबर

काठमाण्डौँ-:  सरकारले विषदीको परीक्षण गरेर मात्र तरकारी तथा फलफुल आयात गर्न पाइने कानुन अघिलो हप्ताबाट लागु गरेका छन् । तर नेपालको सबेै नाकामा विषादी परिक्षण गर्ने प्रयोगशाला नहुँदा कालिमाटी पुर्‍याएर गर्नुपर्ने भएकाले तरकारी र फलफूल कुहिन थालेको छ ।

“सामान्यतया अधिकांश तरकारी र फलफूलको विषादी अवशेष परीक्षण ६ देखि १२ घण्टाको बीचमा गरिसक्नुपर्छ । तर, कालिमाटी पुर्‍याएर गर्दा कम्तीमा दुई दिन लागेकोे’ व्यवसायीहरु बताउँछन् । “तरकारी र फलफूलका नमूनाको रिपोर्ट आउन कम्तिमा दुई दिन लाग्ने भएकाले बजारसम्म आइपुग्दा तरकारी र फलफल कुहिएर र बिग्रेर जान थालेकोे’ उनिहरुले बताउनु भएको हो ।

सरकारले हचुवाको भरमा यस्तो नियम लागू गर्दा ब्यवासायी र उपभोक्ता दुबै मारमा परेको भन्दै बुटवल कृषि उपज थोक बजार केन्द्रका तरकारी व्यवसायी मेघराज पौडेलले आरोप लगाएका छन् ‘।

‘नेपालमा आयत हुने आलु, प्याज, गोलभेंडा जस्ता सबै फलफुल तथा तरकारीमा विषादी परीक्षण ढिलाइले गर्दा बजारमा मूल्य पनि झण्डै दोब्बर हुन थालेको’ पौडेलले भने । ‘बजारमा बिग्रिएको तरकारी र फलफूल भित्रिन थालेको र अभाव सिर्जना भइ मूल्य आकाशिएको उनले बताए ।’

न’याँ व्यवस्थामा तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित छ भन्ने व्यहोराको प्रमाण लिएपछि मात्रै भन्सारले सम्बन्धित ठाउँमा लैजाने अनुमति दिन्छ’ ।

प्रकाशित मिति June 27, 2019
Loading...