नेपालको विकास देखेर विश्व चकित छ : प्रधानमन्त्री ओली

२ फागुन, काठमाडौं -:  प्रधानमन्न्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले गरेको विकासको काम देखेर विश्व चकित परेको दाबी गरेका छन्’ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्’ ।  आफूले इमान्दार भएर देश विकासका लागि काम गर्दा केही मानिसहरु अत्तालिएको आरोप पनि उनले लगाए ‘।

मैले होइन, विश्व बैंकले भनेको हो, यो उसको दाबी हो हामीले गरेको विकास विश्वकै लागि राइजिङ स्टार भएको छ,प्रधानमन्त्री ओलीले भने ‘।अर्को वर्ष मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले डिजिटल नेपाल निर्माणको कामहरु धमाधम भइरहेको जिकीर गरे ‘।

थानकोटमा सुरुङ मार्गले गति लिएको, टोखा छहरेमा पनि सुरुङ बन्ने क्रममा रहेको भन्दै प्रधानमन्त्री ओलीले अब डाँडाकाँडामा घुम्दै यात्रा गर्ने दिन नेपालीको सकिने दाबी गरे’।

‘मैले टनेल र पानी जाहज र रेलको कुरा गर्दा मानिसहरु हाँसेका थिए, अहिले टनेल बन्दैछ, युवाहरु उत्साहित भएर स्टिमर भएपनि चलाउन थालेका छन् ‘। एकदिन नेपाली झण्डा फहराउने पानी जहाजमा पनि कोसीमा कुद्छ ‘।एकदिन मुलुकमा रेल पनि कुद्ने भन्दै ओलीले विकासका काम गर्नु नै सरकारको एक मात्र ध्येय भएको बताए’ ।

प्रकाशित मिति February 24, 2021
Loading...