प्रचण्ड–माधव समूहले काठमाडौंमा निकाल्यो विजय जुलुस सहभागी हुन सम्पूर्णलाइ आग्रह

२ फागुन, काठमाडौं -:  संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ ।काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ ‘। सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ’ ।

संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो ‘। सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ‘।

काठमाडौंको कार्यक्रममा सहभागी हुन प्रचण्ड र माधव नेपाल चितवनको सभालाई सम्बोधन नगरी बिहान काठमाडौं फर्किएका छन् ‘।

प्रकाशित मिति February 24, 2021
Loading...