एसईई’को नतिजा सार्बजनिक, यसरि सजिलै हेर्नुहोस नतिजा ( हेर्ने तरिका सहित)

काठमाडौँ– : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ । गत वर्ष चैत १० गतेदेखि ३० गतेसम्म सञ्चालित परीक्षाको नतिजा बोर्डको बैठकपछि बिहीवार प्रकाशित गरिएको हो ।

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई मोबाइलबाट पनि हेर्न सकिने भएको छ। नेपाल टेलिकमले १६०० मा डायल गरेर हेर्न सकिने व्यवस्था गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि १६०० डायल गरेर थाहा पाउन सकिने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार, मोबाइल, ल्यान्डलाइन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गरेर नजिता थाहा पाउन सकिनेछ।

त्यस्तै, मेसेज पठाएर पनि एसइईको नजिता थाहा पाउन सकिने छ। यसका लागि सिम्बोल नम्बर टाइप गरेर १६०० मा मेसेज गर्न सकिनेछ। नेपाल टेलिकमले सन्देश पठाउने वित्तिकै पास वा फेल भएको जानकारी दिनेछ।

त्यस्तै, टेलिकमकै वेबसाइट www.see.ntc.net.np मा पनि हेर्न सकिनेछ। त्यसमा मार्कसिट पनि हेर्न सकिने टेलिकमले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।

यस्तै ३५००१ मा एसएमएस गरेर पनि एसईईको उक्त नतिजा हेर्न सकिनेछ । एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनु पर्नेछ।

प्रकाशित मिति June 27, 2019
Loading...