प्रचण्ड–माधवले किर्ते हस्ताक्षर गरेको गंभिर तथ्य सार्वजनिक  ओलीले भने दश लागेछ

काठमाडौँ, १४ माघ -:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एक कुर्सी र सत्ता स्वार्थको लागि किर्ते गर्नेको विगविगी बढेर गएको एक पछि अर्को तथ्यहरु सार्वजनिक हुँदै गएका छन् ‘।

यसै क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले अत्याधिक मात्रामा किर्ते हस्ताक्षर गरी विघठित प्रतिनिधिसभामा किर्ते हस्ताक्षर गरेको तथ्यहरु सार्वजनिक भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव लैजाने क्रममा दर्जनौं नेताहरुको हस्ताक्षर किर्ते गरिएको तथ्य सार्वजनिक भएको छ’ ।

यसै क्रममा पूर्वमन्त्री तथा नेकपाका नेता लालबाबु पण्डितको समेत किर्ते हस्ताक्षर भएको उहाँले नै एक अन्तरवार्ताको क्रममा सार्वजनिक गर्नुभएको । त्यस्तै रामकुमारी झाँक्रीलगातका दर्जनौं नेताहरुको किर्ते हस्ताक्षर गरी प्रचण्ड–माधवले संसदमा अविश्वासको प्रस्ताव पेश गरेका छन्’ ।

माधव–प्रचण्डको उक्त कार्यहरु एक पछि अर्को गर्दै दैनिक पर्दाफास हुने क्रममा रहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने प्रचण्ड–माधव सत्यताको भन्दा पनि नक्कली कार्य गर्नमा नै तल्लिन भएको देखिएको छ’ ।

अन्तरवार्ताको क्रममा पूर्वमन्त्री पण्डितले आफुले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेको स्पष्ट पार्नुभयो । प्रचण्ड–माधव समुहले विघठित प्रतिनिधिसभामा पेश गरेको अविश्वासको प्रस्तावमा नेता पण्डितको समेत हस्ताक्षर गरिएको थियो । उहाँले आफु कुनै गुटको पक्षमा भन्दा पनि जनताको बहुदलिय जनवाद र सूर्य चिन्हको पक्षमा रहने समेत स्पष्ट पार्नेभयो’।

दसा’ लागेकाहरु पार्टी छाडेर गए : प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्को समूहलाई आग्रह गरेका छन् ‘।

नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताएका हुन् ‘।

कानूनीरुपमा एक भए पनि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ । अध्यक्ष ओलीले पार्टीको हालको विवाद ‘नक्कली’ भएको र आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको उल्लेख गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’ बताए’ ।

उनले ‘दसा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिष्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै अत्यावरोध नहुने स्पष्ट पारेका छन्’ । उनले जनतालाई तर्साउने र अल्मलाउने तथा जातीय भड्काउको नारा उराल्ने जमाना गइसकेकाले त्यस्ता प्रवृत्तिलाई जनताले चिनिसकेको पनि बताए’ ।

अध्यक्ष ओलीको प्रश्न थियो, ‘हामी विसं २०४७ मा पार्टीको चुनाव चिह्न सूर्य चयन गरेका हौँ । त्यो चिह्न मैले नै छानेको हो । कहिल्यै सूर्य चिह्नबाट निर्वाचन नलडेकालाई किन त्यो चिह्न चाहियो ?

उनले आफूले भारतले मिचेको नेपाली भूभाग फिर्ता ल्याउँछुभन्दा नक्कली राष्ट्रवाद भन्नेले विगतमा आफू सरकारमा हुँदा किन नयाँ नक्सा जारी गर्न नसकेको र चीनसँग व्यापार तथा पारवाहन सन्धिसम्झौता गर्न नसकेको भनी प्रश्न पनि गरेका छन्’ ।

कार्यक्रममा नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले ताजा जनादेशका लागि निर्वाचन तोकिएकाले निर्वाचनबाट आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याई स्थिरता दिने बताए । उनले कम्युनिष्ट आन्दोलनमा देखा परेको अवसरवाद र प्रतिगामी प्रवृत्तिलाई निर्वाचनले किनारा लगाउने पनि बताए ।कार्यक्रममा अध्यक्ष ओलीले पूर्व सांसद जितवीर लामा र राजनीतिकर्मी कमानसिंह लामालाई नेकपामा प्रवेश गराएका थिए ‘।

प्रकाशित मिति January 27, 2021
Loading...