केपी ओलीको युग सकियो दश लाख रोडमा आएर रोड बाटनै हटाउछौ  : माधवकुमार नेपाल

ताप्लेजुङ : नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको युग सकिएको बताएका छन्। सर्वोच्च अदालतको फैसला आएपछि ओलीको नामनिसाशा नै हराउने नेपालले दाबी गरे।

कसैलाई नटेर्ने, सबैलाई अपमान मात्रै गर्ने, म मात्रै सर्वेसर्वा हुँ भन्ने ओली दुर्भाग्यवश प्रधानमन्त्री बन्न पुगे, पार्टी अध्यक्ष बन्न पुगे’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘अझै बालुवाटारमै बस्छु भनिरहेका छन्, अदालतको फैसला नआउञ्जेल बसुन्, त्यसपछि खुरुक्क बालुवाटार जान्छन्, नभए तेह्रथुमको घरमा आएर बसे पनि फरक पर्दैन।’ केपी ओलीको पछि लाग्नेले जिवनभर पछुताउनुपर्ने नेपा नेपालको भनाइ छ। पूर्वदेखि पश्चिमसम्मकै जनताले ओलीको प्रतिगमनकारी कदमको विरुद्धमा रहेको उनले बताए।

पौष ५ गते बालुवाटारमा बसेको स्थायी कमिटिको बैठकले पार्टीको अध्यक्षबाट केपी ओलीलाई हटाउने निर्णय गरेको र पौष ७ गतेको केन्द्रिय कमिटिको बैठकले त्यसलाई अनुमोदन गरेकाले अब उनले अध्यक्षमा दावी गर्ने कुनै ठाउँ नभएको नेपालको भनाइ छ। ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको बताए।

‘४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय बढी हामीसँग छन्, केपी ओली एण्ड कम्पनीसँग यो पार्टीमा दावा गर्ने कुनै पनि आधार विद्यमान छैन’, नेपालले भने, ‘अब कुनै सानो गुट चलाएर बसे हुन्छ, उनी हाम्रो पार्टीका साधारण सदस्य समेत होइनन्, अध्यक्ष त धेरै टाढाको कुरा हो।’ जहाँ पार्टी छ निर्वाचन चिन्ह त्यसैको हुने नेपालले बताए।

‘तपाईंहरु नअल्मलिनुस्, जहाँ अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष भएको नेपाल कम्युनिष्ट पार्टी छ, त्यहाँ सूर्य चिन्ह छ’, उनले भने। अधिकांश समय ओलीको आलोचनामा खर्चिएका नेपालले ओलीलाई सानो चोइटो र भष्मासुरको संज्ञा दिए। प्रचण्ड-माधव समूहका नेता तथा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई ‘अपराधको पाप पखाल्न’ पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् ।

मुगुको गमगढीस्थित संसद विघटनविरुद्धको आन्दोलमा सम्बोधन गर्ने क्रममा नेता रावलले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै नेता रावलले यस्तै बताएका थिए ।

तर उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे । उनले भने, ‘नागरिक समाज, कानुन व्यवसायीदेखि चौतर्फी बिरोध हुनथालेपछि आफुले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराधको बत्ती बालेर अपराध पखालिँदैन ।’

पूर्वमन्त्री समेत रहेका रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप लगाए । यस्तै देश र जनताविरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गरे ।

‘कोरोनाभाइरस नियन्त्रणमा कुनै चासो देखाएनन् । अहिले  जनतालाई कोरना बिरुद्ध खोप चाहिएको छ ।  त्यसका लागि ५० अर्ब रकम आवश्यक छ । त्यता ध्यान छैन ५०/६० अर्ब खर्च गरेर निर्वाचन गर्न खोज्ने निर्णय गुर्न कति उपयुक्त हो ?’ रावलले सोधेका थिए ।

प्रकाशित मिति January 26, 2021
Loading...